श्री एअरलाइन्सका आजका उडान स्थगित, सबै जहाज जाँच गर्ने

काठमाडाैं | असार १७, २०८०

श्री एअरलाइन्सका आजका उडान स्थगित,  सबै जहाज जाँच गर्ने

काठमाण्डौ: श्री एअरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ ।

 

विभिन्न जहाजमा पटक पटक प्राविधिक समस्या देखिएपछि श्री एअरलाइन्सले आजका सबै उडान बन्द गरेको प्रवक्ता अनिल मानन्धरले उज्यालोलाई जानकारी दिनुभयो ।

 

हिजो पनि काठमाण्डौबाट धनगढी उडेको जहाज अवतरण नगरी पुन काठमाण्डौ नै फर्किएको थियो ।

 

‘आज सबै जहाजलाई ग्राउन्डेड गरेर राम्रोसँग जाँच गर्छौँ, भोलिदेखि नियमित उडान शुरु हुन्छ,’ मानन्धरले भन्नुभयो ।

 

आजको लागि टिकट काटेका यात्रुलाई अरु जहाजमा पठाउने र पैसा फिर्ता गर्ने पनि उहाँले जानकारी दिनुभयो । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्